ad ad

खेल


युरोपा कन्फ्रेन्स लिगबाट बाहिरियो टोटनह्याम

युरोपा कन्फ्रेन्स लिगबाट बाहिरियो टोटनह्याम

नेपालखबर
पुस ६, २०७८ मंगलबार ७:२, काठमाडौँ

टोटनह्याम युरोपा कन्फ्रेन्स लिगबाट बाहिरिएको छ। युरोपेली फुटबलको नियामक निकाय यूईएफएले टोटनह्यामको रेनससँगको अन्तिम खेल रद्द गरेसँगै टोली लिगबाट बाहिरिएको हो।

कोभिड–१९ को संक्रमण फैलिएसँगै डिसेम्बर ९ मा तय भएको टोटनह्यामको रेनससँगको खेल  स्थगित भएको थियो। टोटनह्यामका १३ जनामा कोरोना संक्रमण देखिएको थियो। 

यूईएफएले यो खेल पुनः खेलाउन नसकिने भन्दै रेनसलाई ३–० गोल अन्तरले विजयी घोषणा गरेको हो। 

टोटनह्यामले यो निर्णयमा असन्तुष्टि व्यक्त गरेको छ। यद्यपि नियामकको नियम आफूहरुले मान्ने क्लबले बताएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .