स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिड काडिजसँग बराबरीमा रोकिएको छ।
रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको काडिजसँग रियलले गोलरहित बराबरी खेलेको हो। खेलमा अधिकांश समय बल आफ्नो नियन्त्रणमा राख्दै केही राम्रा अवसर बुनेको भए पनि रियलले त्यसलाई नतिजामा भने परिणत गर्न सकेन।
रियलले ८२ प्रतिशत समय बल आफ्नो नियन्त्रणमा राखेको थियो भने ९ ओटा प्रहार फ्रेममा गरेको थियो।
बराबरीका बाबजुद रियल लिगमा ६ अंकको अन्तरसहित शीर्षस्थानमा कायमै छ।
रियलले १८ खेलबाट ४३ अंक हात पारेको छ भने दोस्रो स्थानमा रहेको सेभिल्लाले १७ खेलबाट ३७ अंक हात पारेको छ। तेस्रो स्थानमा रहेको रियल बेटिसले भने १८ खेलबाट ३३ अंक हात पारेको छ।
27
Shares
प्रतिक्रिया