ad ad

खेल


राष्ट्र्रिय कीर्तिमानसहित हाफ म्याराथन सम्पन्न, उपराष्ट्रपतिद्वारा पुरस्कृत

राष्ट्र्रिय कीर्तिमानसहित हाफ म्याराथन सम्पन्न, उपराष्ट्रपतिद्वारा पुरस्कृत

नेपालखबर
पुस ४, २०७८ आइतबार १३:४५, काठमाडौँ

नेपाल भेटेरिनरी एसोसिएसनको आयोजनामा ‘रन फर प्रोटिन थिम’सहित आम उपभोक्तामा प्रोटिनको महत्व उजागर गर्ने उद्देश्यले हाफ म्याराथन काठमाडौंमा सम्पन्न भएको छ। 
 
शनिबार आयोजित प्रतियोगिताको शुभारम्भ दशरथ रंगशालामा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले गरेका थिए। 

पुरस्कार तथा प्रमाणपत्र वितरण उपराष्ट्रपति नन्द बहादुर पुनको प्रमुख आतिथ्यतामा भएको थियो। 

नेपाल भेटेरिनरी एशोसिएसनले प्रोटिनको महत्व र प्रोटिन माथिको अधिकारको मर्मलाई आत्मसात गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले हाफ म्याराथनसहित विभिन्न ७ विधाका दौड प्रतियोगिता आयोजना गरेको हो। 

दौड प्रतियोगितामा विभिन्न विधामा गरी करिब २१०० जना सहभागी भएका थिए। 

हाफ म्याराथन महिलातर्फ भक्तपुरकी सन्तोषी श्रेष्ठले १ घण्टा १४ मिनेट १४ सेकेन्डमा दौड पूरा गरी नयाँ राष्ट्रिय कीर्तिमान कायम गरिन् भने हाफ म्याराथन पुरुषतर्फ बागलुङका तिर्थ पुनले दौड १ घण्टा ३ मिनेट ४५ सेकेन्डमा पूरा गरी प्रथम स्थान हासिल गरे। 

१० किमि खुल्ला दौडमा त्रिभुवन आर्मी क्लबका मुकेश पालले ३० मिनेट, ५९ सकेन्डमा दौड पुरा गरेका थिए भने ५ किमि (महिला खुल्ला) दौड नेपाल पुलिस क्लबकी राजपुरा पछाईले २२ मिनेट ४१ सेकेन्ड मा पुरा गरी प्रथम स्थान हासिल गरिन्।

पाँच किलोमिटर पुरुष स्कूल विद्यार्थीमा प्रकाश कठायतले २१ मिनेटमा दौड सम्पन्न गरी प्रथम भए भने तीन किलोमिटर महिला स्कूल विद्यार्थीमा बन्दना बुढाले १७ मिनेट ३१ सेकेन्डमा दौड सम्पन्न गरी प्रथम स्थान हासिल गरिन्। 

ह्विल चेयर तर्फ प्रेम बहादुर विकले प्रथम स्थान हासिल गरेका थिए।

हाफ म्याराथन, १० किमि खुल्ला, ५ किमि महिला, ५ किमि पुरुष स्कुल विद्यार्थी, ३ किमि महिला स्कुल विद्यार्थी र ह्विल चेयर विधामा प्रथम हुनेले क्रमशः १ लाख, ५० हजार, ३० हजार, ३० हजार, ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। 

प्रत्येक विधाका उत्कृष्ट ५ जना गरी ३५ जना विजेता धावकलाई कुल करबाहेक १० लाख ५० हजार रुपैया बराबरको नगद पुरस्कार, मेडल ट्रफी र प्रमाणपत्र समेत प्रदान गरिएको थियो।

दौड प्रतियोगितालाई नेपाल एथलेटिक्स एसोसिएसनले मान्यता दिई  प्राविधिक सहयोग गरेकोे थियो भने पुरस्कार वितरण समारोह नेपाल भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा सितलकाजी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .