ad ad

खेल


साफ यू-१९ महिला च्याम्पियनसिप: भारतसँग भिड्दै नेपाल, बराबरी भए पनि फाइनलमा

साफ यू-१९ महिला च्याम्पियनसिप: भारतसँग भिड्दै नेपाल, बराबरी भए पनि फाइनलमा

फाइल तस्बिर : १९ वर्षमुनिका नेपाली महिला फुटबल टोली।


नेपालखबर
पुस ४, २०७८ आइतबार १०:१९, काठमाडौँ

बंगलादेशमा जारी साफ यू–१९ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आफ्नो अन्तिम लिगमा नेपाल आज (सोमबार) भारतसँग भिड्दै छ। 

बंगलादेशको राजधानी ढाकास्थित सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपाली समयाअनुसार दिउँसो २:४५ बजे खेल सुरु हुनेछ।

पाँच टोली सहभागी प्रतियोगितामा शीर्ष दुईमा रहेको नेपाल भारतसँग बराबरी भए पनि फाइनलमा पुग्नेछ। भारत फाइनलमा पुग्न भने नेपाललाई हराउनैपर्छ। 

नेपाल ३ खेलबाट ७ अंक जोडेर शीर्ष स्थानमा छ। समान अंक भए पनि गोलअन्तरमा पछि रहेको बंगलादेश दोस्रो स्थानमा छ। भारत भने २ खेलमा जित र १ खेलमा हारबाट ६ अंकसहित तेस्रो स्थानमा छ।

पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी गरेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ६–० ले हराएको थियो। यसपछि तेस्रो खेलमा नेपालले भुटानलाई ४–० गोलले हराएको हो। 

भारतले पहिलो खेलमा श्रीलंका र दोस्रो खेलमा भुटानलाई हराएको थियो। तेस्रो खेलमा भारत बंगलादेशसँग हारेकाे थियो।

आजै बंगलादेशले श्रीलंकासँग अन्तिम खेल खेल्दै छ। नेपालले भारतलाई हराएमा बंगलादेश जस्तो नतिजा आए पनि फाइनल पुग्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .