ad ad

खेल


ए डिभिजन लिगमा जावलाखेलको पहिलो जित

ए डिभिजन लिगमा जावलाखेलको पहिलो जित

नेपालखबर
पुस ३, २०७८ शनिबार १५:२२, काठमाडौँ

निकोलस फर्नान्डोजको निर्णायक गोलमा जावलाखेल युथ क्लबले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको खेलमा जावलाखेलले च्यासल युथ क्लबलाई १–० गोल अन्तरले हराएकाे हाे। 

खेलको ३७औँ मिनेटमा निकोलस फर्नान्डोजले गरेको गोल नै जावलाखेलका लागि निर्णयक बन्यो। 

जितसँगै ५ खेलबाट ४ जोडेको जावलाखेल १०औँ स्थानमा पुगेको छ। जावलाखेलसँगको हारले च्यासल भने ११औँ स्थानमा झरेको छ। 

हारपछि च्यासलका प्रशिक्षक बालगोपाल शाहुखलले भने - आजको खेल महत्त्वपूर्ण थियो तर हार भोग्न पुग्यौँ। खेलाडीहरुमा चोटको कारणपनि समस्या भैरहेको छ। युवा खेलाडीहरु धेरै छन् त्यसैले उनीहरुलाई माहोलमा भिज्न समय लागेको छ। आजको खेलमा कर्ण लिम्बुलाई समावेश गरेपनि उनलाई सर्पोट हुन सकेन। 

जावलाखेलका प्रशिक्षक किशोर कुमार केसीले भने - खेलपछि पहिलो जित निकालेका छौँ, यसले टोलीलाई नै फाइदा पुगेको छ। यो जितले खेलाडीमा केही परिवर्तन आउन सक्छ। गोल ननिस्कीदा प्रेसर भएको थियो तर आजको जितले त्यही राहत भएको छ। चौथो सम्म पुग्ने लक्ष्य हो त्यसैले विश्वास छ बाँकी खेलमा राम्रो प्रर्दशन गर्नेछौँ। रेलिगेसनको लागि हामी आएका हैनौँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .