ad ad

खेल


मछिन्द्र र संकटाले बराबरी अंक बाँडे

मछिन्द्र र संकटाले बराबरी अंक बाँडे

नेपालखबर
पुस २, २०७८ शुक्रबार २१:९, काठमाडौँ

कतार एअरवेज शहिद स्मारक ए डिभिजन लिगमा साविक विजेता मछिन्द्र संकटा क्लवसँग बराबरीमा रोकिएको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको पाचौँ चरणको दोस्रो खेलमा मछिन्द्रले संकटासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ। 

खेल अवधिभर दुवै टोलीले गोलको सुन्दर मौका पाएपनि सदुपयोग गर्न सकेनन्। 

खेलपछि संकटाका प्रशिक्षक विष्णु गुरुङले साविक विजेतालाई बराबरीमा रोक्न सफल भएकोमा खुसी व्यक्त गरे।

उता मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले सोच अनुसार प्रदर्शन हुन नसकेको बताए।

आजको खेलमा मिडफिल्ड सुजल श्रेष्ठको अभाव खड्कियो।

​संकटासँगको बराबरीले एफसी कप खेल्ने सपनामा धक्का पुगे पनि एफसी कप खेल्दै गरेको मनासँग खेल्न बाँकी छ त्यो खेल पनि हाम्रो लागि महत्वपुर्ण रहेको कटुवालले बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .