ad ad

खेल


खेलाडीहरुले गर्न थाले क्यानको निर्णयको विरोध

खेलाडीहरुले गर्न थाले क्यानको निर्णयको विरोध

नेपालखबर
मंसिर २९, २०७८ बुधबार २२:३४, काठमाडौँ

अनुशासन उल्लंघन गरेको भन्दै कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दीपेन्द्रसिंह ऐरीलाई हटाउँने नेपाल क्रिकेट संघ(क्यान)को निर्णयको खेलाडीहरुले विरोध थालेका छन्।

क्यान बोर्ड बैठकको निर्णयका तलपट्टी 'आइएम डन टू' (मलाई पनि पुग्यो) लेख्दै खेलाडीहरुले विरोध थालेका हुन्। 

क्रिकेटहरु करण केसी, कुसल भुर्तेल,  रोहित पौडेल लगायत खेलाडीले सामाजिक सञ्जालमा 'आइएम डन टू' लेख्दै क्यानको निर्णयको विरोध जनाएका छन्। 

क्यानको बोर्ड बैठकले बुधबार राष्ट्रिय टोलीको कप्तानबाट ज्ञानेन्द्र मल्ललाई बर्खास्त गर्ने निर्णय गरेको थियो। 

यो पनि: 

अनुशासन उल्लंघन गरेको भन्दै गठित अनुशासन कमिटीले दिएको प्रतिवेदनका आधारमा बोर्ड बैठकले कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दीपेन्द्रसिंह ऐरीलाई हटाउने निर्णय गरेको हो। 

ज्ञानेन्द्रको स्थानमा लेग स्पिनर सन्दीप लामिछानेलाई क्यानले नयाँ कप्तानको जिम्मेवारी समेत दिएको छ। 

मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीले मिडियामा क्यानविरुद्ध खेलाडी ग्रेडिङलगायत विषयमा बोलेको भन्दै क्यानले स्पष्टीकरण सोधेको थियो। जवाफमा खेलाडीहरूले हस्ताक्षरसहित उल्टै ११ बुँदे मागपत्र क्यानमा बुझाएका थिए। 

त्यहीबाट खेलाडी र क्यानबीच तिक्ततापूर्ण सम्बन्ध सुरु भएको हो। लगत्तै क्यानले आफ्ना कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लको संयोजकत्वमा पाँच सदस्यीय समितिले अनुशासन छानबिन समिति बनायो।

उक्त समितिले छानविनपश्चात तयार पारेको प्रतिवेदनमा खेलाडीहरूले अनुशासन उल्लंघन गरेकाले कारबाहीको सिफारिस बोर्ड बैठकलाई गरेको थियो। 

उक्त प्रतिवेदनका आधारमा बोर्ड बुधबार बसेको बैठकले ज्ञानेन्द्रसहितका खेलाडीलाई कारवाहीको डण्डा चलाएको हो। 

ज्ञानेन्द्र र दीपेन्द्रलाई कप्तान र उपकप्तानबाट हटाएको बोर्डले उनीहरुसँगै सोमपाल कामी र कमलसिंह ऐरीलाई ६ महिनाको केन्द्रीय सम्झौताबाट अलग राख्ने निर्णय गरेको छ। अर्थात यी खेलाडीले अब ६ महिनाको पारिश्रमिक पाउने छैनन्।  

May be an image of text that says '22:04 KaranK.C. K.C. 2hrs 25% fon" Cricket Nepal नेपाल प्रेस बिज्ञसि २०७८।८/२९ सम्पन्न नेपाली बैठकले तपसिल बमोजिमका निर्णयहरू ज्ञानेन्द्र अनुशासन बमोजिम सम्बन्धी सुरुको माहिनाको गरेको छानबिन समितिले गरेको सहभागी रकमल निर्णय गरिएको सेन्ट्रल कनट्र्याक्टमा लामिछानेलाई चयन टिमको प्रशिक्षण आगामी डिसेम्बर पोखरामा सज्चालन संघलाइ मान्यता दानग घकाप उपाध्यक्ष श्रेष्ठलाइ सल्लाहकार समितिको सदस्यमा यनगर्ने I guess.. I'm done 人人人 Reply...'

May be an image of text

May be an image of text

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .