ad ad

खेल


अग्वेरोले गरे फुटबलबाट सन्यासको घोषणा

अग्वेरोले गरे फुटबलबाट सन्यासको घोषणा

नेपालखबर
मंसिर २९, २०७८ बुधबार १८:६, काठमाडौँ

अर्जेन्टिनी फरवार्ड सर्जियो अग्वेरोले फुटबलबाट सन्यासको घोषणा गरेका छन्।

म्यान्चेस्टर सिटीबाट बार्सिलोनामा अनुबन्ध भएको ६ महिनामै उनले खेल छाडेका हुन्। 

३० अक्टोबरमा अलावेसविरुद्धको खेलमा छातीमा असहज महसुस गरेपछि उनी मैदानबाट बाहिरिएका थियो। उनको मुटुमा समस्या रहेको बताइएको छ। 

‘मैले फुटबल खेल्न छाड्ने निर्णय लिएको छु,’ अश्रुपुरित अग्वेरोले पत्रकार सम्मेलनमा भने, ‘यो निकै कठिन क्षण हो। मैले मेरो स्वास्थ्यका कारण यो निर्णय लिएको हुँ।’

चिकित्सकहरुले नखेल्न आफूलाई सुझाव दिएको पनि उनले बताए। 

बार्सिलोनाका लागि पाँच खेल मात्र खेलेका अग्वेरोले करिअरमा ७८६ खेलमा ४२७ गोल गरेका छन्।

इंग्लिस प्रिमियर लिगमा चौथो सर्वाधिक गोल गर्ने खेलाडी हुन् उनी। 

अर्जेन्टिनाको इन्डिपेन्डेन्टे क्लबबाट करिअर सुरु गरेका उनी स्पेनको एट्लेटिको म्याड्रिड हुँदै सिटी पुगेका थिए। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .