ad ad

खेल


महिला फुटबल टोलीका प्रशिक्षक फिलिप्सको सम्झौता नवीकरण नहुने

महिला फुटबल टोलीका प्रशिक्षक फिलिप्सको सम्झौता नवीकरण नहुने

नेपालखबर
मंसिर २९, २०७८ बुधबार ८:४२, काठमाडौँ

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सको सम्झौता नवीकरण नहुने भएको छ। अखिल नेपाल फुटबल (संघ) एन्फाले फिलिप्ससँगको सम्झौता नवीकरण नगर्ने बताएको हो। फिलिप्सको सम्झौता बुधबार सकिदैछ। 

फिलिप्स एसियाली फुटबल महासंघ (एएफसी) को सहयोगमा साढे दुई वर्षअघि नेपाल आएका थिए। एएफसीले दिँदै आएको परियोजना बन्द भएपछि एन्फाले फिलिप्ससँगको सम्झौता नवीकरण नगर्ने बताएको हो। 

एन्फा महासचिव इन्द्रमान तुलाधरका अनुसार नेपालले एएफसी परियोजनाअन्तर्गत पारिश्रमिक दिने गरिन्थ्यो तर एन्फाले नै राख्न सक्ने अवस्था नभएकाले उनको सम्झौता नवीकरण नगर्ने बताए। 
फिलिप्स साढे २ वर्ष नेपालमा प्राविधिक निर्देशक भएर नेपाल आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .