रोबर्ट लेवान्डोस्कीले जर्मन बुन्डेसलिगामा एकै वर्ष सबैभन्दा धेरै गोल गोल गर्ने कीर्तिमान भेट्टाएका छन्।
मंगलबार राति भएको खेलमा भीएफपी स्टुटगार्टविरुद्ध २ गोल गर्दै लेवान्डोस्कीले गेर्ड मुलरको उक्त कीर्तिमानसँग बराबरी गरेका हुन्।
सो खेलमा बार्यन म्युनिख ५–० गोल अन्तरले विजयी भएको हो। बार्यन म्युनिखका लागि लेवान्डोस्कीले २ गोल गर्नुका साथै सर्ज गनाब्रीले ३ गोल गर्दै ह्याट्रिक पूरा गरे।
लेवान्डोस्कीले मंगलबार रातिको खेलमा ३ मिनेटको अन्तरमा दुई गोल गरेका हुन्। यससँगै सन् २०२१ मा उनले गरेको गोलको संख्या ४२ पुगेको छ।
33
Shares

प्रतिक्रिया