नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बिगबास लिगमा १ विकेट झारेका छन्।
सन्दीपले पाँचौँ ओभरको पहिलो बलमा जोस इङलिसलाई क्याच आउट गराउँदै पवेलियनको बाटो देखाएका हुन्। ३ बलमा २ रन बनाएर खेलिरहेका जोस आउट भए।
पाँचौँ ओभरमा बलिङमा आएका सन्दीपले १ ओभरमा ५ रन खर्चेर १ विकेट झारे।
होबर्टस्थित बेलेरिभ ओवलमा जारी खेलमा पर्थ स्कर्चर्सले टस जितेर ब्याटिङ रोजेपछि सन्दीप सम्मिलित होबर्ट हुरिकेन्सले फिल्डिङ गरिरहेको छ।
पर्थले ६ ओभरको समाप्तीमा ३ विकेट गुमाएर ४५ रन बनाएर खेलिरहेको छ।
78
Shares

प्रतिक्रिया