खेल


यी १८ खेलाडीलाई राष्ट्रिय प्रतिभा सम्मान दिइँदै

यी १८ खेलाडीलाई राष्ट्रिय प्रतिभा सम्मान दिइँदै

नेपालखबर
मंसिर २७, २०७८ सोमबार २०:५१, काठमाडौँ

तेक्वान्दो प्रशिक्षक संगीना वैद्यसहित २ प्रशिक्षक, ११ खेलाडी र ५ जना प्रशिक्षकलाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान दिइने भएकाे छ। 

युवा तथा खेलकुद मन्त्रालयले खेलकुद विकास कार्यक्रममार्फत खेलकुदका राष्ट्रिय प्रतिभा सम्मान गर्ने कार्यक्रमअन्तर्गत खेलाडी, प्रशिक्षक, निर्णायक र रेफ्रीसमेत १८ जना खेलाडीलाई सम्मान गर्न लागेको हो। 

सम्मान पाउनेमा साधारण खेलाडीतर्फ कराँतेका एलेन श्रेष्ठ, एथलेटिक्सकी पुष्पा भण्डारी, उसुका दीपक हमाल, जुनी राई, निमा घर्तीमगर र सुस्मिता तामाङ छन्। पारा खेलाडीतर्फ बहुखेल केशव थापा छन्। 

प्रशिक्षकतर्फ तेक्वान्दो प्रशिक्षक संगीना वैद्य र नोर्वु लामालाई सम्मान गरिनेछ। निर्णायकतर्फ तेक्वान्दोकै अशोक खड्कालाई सम्मान गरिनेछ।

मन्त्रालयले गत भदौ १५ गते सूचना प्रकाशन गरी ३० दिनको म्याद राखेर आवेदन आह्वान गरेकाे थियाे। आवेदन परेकामध्येबाट राष्ट्रिय खेलकुद प्रतिभाा सम्मान कार्यविधि २०६८ (तेस्रो संशोधन २०७५) बमोजिम ९ सदस्य रहेको मूल्याङ्कन समितिले खेलाडी छनोट गरेको हो।

यस्तै मन्त्रालयले वार्षिक कार्यक्रमअन्तर्गत नै आवेदन दिएकामध्येबाट १० जना खेलकुद पत्रकारलाई पनि सम्मान गर्ने भएको छ।

खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान कार्यविधि २०७६ (संशाेधनसहित) मा व्यवस्था भएअनुसार ६ सदस्य रहेको समितिले सिफारिस गरेका पत्रकारलाई सम्मान गर्न लागिएको मन्त्रालयले जनाएको छ। 

खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मानतर्फ कान्तिपुर दैनिकका हिमेश रत्न बज्राचार्य, पत्रकारिता प्रोत्साहन पुरस्कार समावेशीतर्फ लुम्बिनी प्रदेशका कान्तिपुरकै समाचारदाता सञ्जु पौडेल र गण्डकी प्रदेशबाट ढोरपाटन दैनिकका विजय नेपालीलाई सम्मान गरिँदै छ।

पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदेशतर्फ सातै प्रदेशका पत्रकारलाई सम्मान गर्न लागिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad