यूईएफए युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेका टोलीहरुबीचको प्रतिस्पर्धा तालिका सार्वजनिक भएको छ।
यसअनुसार बेनिफिकाले रियल म्याड्रिडसँग, भिया रियलले म्यानचेस्टर सिटीसँग अन्तिम १६ मा प्रतिस्पर्धा गर्ने भएका छन्।
त्यसैगरी एट्लेटिको म्याड्रिडले बायर्न म्युनिखसँग र साल्जबर्गले लिभरपुलको सामना गर्ने भएको छ।
त्यसैगरी इन्टर मिलानले अज्याक्ससँग प्रतिस्पर्धा गर्दा स्पोर्टिङले जुभेन्टससँग भिड्ने भएको छ।
यस्तै चेल्सीले लिलीको सामना गर्दा म्यानचेस्टर युनाइटेड पीएसजीविरुद्ध उत्रिने भएको छ।
रोनाल्डो भर्सेस मेस्सी
यसपटकको भीडन्तमा चर्चित दुई खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी भिड्ने भएका छन्।
च्याम्पियन्स लिगमा मेस्सी रहेको फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन र इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबीच प्रतिस्पर्धा हुने भएपछि रोनाल्डो र मेस्सीबीच प्रतिस्पर्धा हुनेछ।
यो खेललाई बहुप्रतीक्षित मानिएको छ। किनकि ला लिगामा प्रतिस्पर्धा गरिरहेका दुवै खेलाडी पछिल्लो समय त्यहाँबाट बाहिरिसकेका छन्। सोही क्रममा अन्तिम १६ मा यी दुई भिड्ने संयोग जुरेको हो।
Shares

प्रतिक्रिया