स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिडले एथ्लेटिको मड्रिडलाई २–० गोल अन्तरले पराजित गरेको छ। रियलले लगातार १० औं जित हात पारेको हो। यससँगै ला लिगाको शीर्षस्थानमा रहेको रियलले दोस्रो स्थानको सेभिल्लासँग ८ अंकको अग्रता बनाएको छ।
आइतबार राति एथ्लेटिकोलाई हराउने क्रममा रियलका करिम बेन्जेमा र मार्को एसेन्सिओले समान १÷१ गोल गरे। खेलको १६ औं मिनेटमा गोल गर्दै बेन्जेमाले रियललाई अग्रता दिलाएका थिए। खेलको ५७ औं मिनेटमा एसेन्सिओले अर्को एक गोल थप्दै अग्रता दोब्बर पारे।
रियलले ला लिगामा १७ खेलबाट ४२ अंक हात पारेको छ। दोस्रो स्थानमा रहेको सेभिल्लाको १६ खेलबाट ३४ अंक छ।
ला लिगाअन्तर्गत भएको अर्को खेलमा बार्सिलोना र ओसासुनाले २–२ गोलको बराबरी खेलेका छन्। बार्सिलोना १६ खेलबाट २४ अंक जोड्दै लिगको आठौं स्थानमा छ।
Shares

प्रतिक्रिया