ad ad

खेल


स्वर्ण जित्ने लक्ष्यसहित भलिबल टोलीको बिदाइ

स्वर्ण जित्ने लक्ष्यसहित भलिबल टोलीको बिदाइ

नेपालखबर
कात्तिक २०, २०७६ बुधबार १३:०,

बंगलादेशको राजधानी ढाकामा आयोजना हुने प्रथम एशियन सेन्ट्रल जोन च्याम्पियनसिप खेल्न जाने नेपाली महिला भलिबल टिमको विदाई गरिएको छ।

राजधानीमा वुधबार नेपाल भलिबल संघले एक कार्यक्रमकाबीच नेपाली महिला टिमलाई विदाई गरेको हो। सेन्ट्रल जोन शनिबारदेखि शुरुहुँदै छ।

उक्त प्रतियोगितामा नेपालसहित घरेलु टोली बंगलादेश, माल्दिभ्स, अफगानिस्तान र कीर्गिस्तानले प्रतिस्पर्धा गर्ने छन्। नेपालले पहिलो खेलमा माल्दिभ्ससँग आइतबार खेल्ने छ। राउण्ड रोविन लिग अनुसार शीर्ष २ टिमले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन्।

नेपाली महिला टिमले यस पटक अरुणा शाहीको कप्तानीमा सेन्ट्रल जोन खेल्न लागेको हो। नेपाली टिम विहीबार मध्यान्ह बंगलादेश प्रस्थान गर्ने छ। 

प्रतियोगिताको दोस्रो खेलमा नेपालको प्रतिद्वन्द्वी अफगानिस्तान रहेको छ। यो खेल सोमबार १२ तारिखमा हुनेछ। यस्तै तेस्रो खेलमा नेपालले उपाधिको दावेदार टिम किर्गिस्तानको सामना गर्नेछ। यो खेल मंगलबार १२ नोभेम्बरमा हुनेछ। लिगको अन्तिम खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ।

बिदाई कार्यक्रममा राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले नेपाली खेलकुदको विकासका लागि राखेपले दिनरात नभनी काम गरिरहेको जानकारी दिए। सेन्ट्रल जोनको नतिजाले आसन्न सागको तयारीका लागि पनि प्रभाव पार्ने भएकाले त्यसै अनुसार खेल प्रदर्शन गर्न आग्रह गरे।

संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले भलिबलले सवैलाई खुसी पार्ने भन्दै संघ सदैव खेलाडीका पक्षमा रहेको बताए। महासचिव जीतेन्द्रबहादुर चन्दले भलिबल संघले खेलाडीको हितमा काम गरिरहेको बताउँदै आगामी दिनमा पनि नेपाली भलिबलाई व्यवसायिक बनाउनका लागि योजना बनाइरहेको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .