सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार दुई खेल हुँदै छन्। लिगको तेस्रो चरणको अन्तिम दुई खेल बुधबार हुन लागेका हुन्।
बुधबारको पहिलो खेलमा हिमालयन शेर्पा र नेपाल पुलिस क्लबबीच दिउँसो १ बजे सुरु हुनेछ भने दोस्रो खेलमा पौने ५ बजे जावलाखेल र मच्छिन्द्रबीच प्रतिस्पर्धा हुनेछ।
यसअघि यी दुई खेल सोमबारको लागि तय गरिएको भए पनि दशरथ रंगशालाको मैदान खाली नभएपछि बुधबारको लागि सारिएको थियो।
87
Shares

प्रतिक्रिया