इंलिस प्रिमियर लिगअन्तर्गत सोमबार राति भएको खेलमा एभर्टनले आर्सनलमाथि २–१ गोल अन्तरको जित हात पारेको छ।
पहिलो हाफको इन्ज्युरी समयमा एक गोल खाएसँगै १–० ले पछि परेको नतिजालाई उल्ट्याउँदै एभर्टनले जित हात पारेको हो।
खेलको ७९ औं मिनेटमा बराबरी गोल फर्काएको एभर्टनको लागि खेलको इन्ज्युरी समयमा डेमराई ग्रेले निर्णायक गोल गरेका थिए।
पछिल्लो नौ खेलमा एभर्टनले पहिलो जित हात पारेको हो।
यससँगै एभर्टनले १५ खेलबाट १८ अंक हात पारेको छ। आर्सनलको समान खेलबाट २३ अंक छ।
45
Shares

प्रतिक्रिया