ad ad

खेल


एनआरटी र ब्रिगेड ब्वाइजले बराबर अंक बाँडे

एनआरटी र ब्रिगेड ब्वाइजले बराबर अंक बाँडे

नेपालखबर
मंसिर १३, २०७८ सोमबार १५:२७, काठमाडौँ

न्युरोड टिम (एनआरटी) ले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा ब्रिगेड ब्वाईज क्लव (बीबीसी) सँग अंक बाँडेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको सोमबारको पहिलो खेलमा एनआरटीले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो। 

खेलको ५० औं मिनेटमा दिनेश राईको प्रहार आकासिँदा बीबीसीले अग्रता बनाउन सकेन। ६५ औं मिनेटमा दिनेशको पेनाल्टी बक्स भित्रबाट गरेको प्रहार गोलरक्षक अजित प्रजापतिले पञ्च गर्दै बचाए। 

बराबरी पछि एनआरटीले दुई खेलबाट १ अंक जोडेको छ। अपराजित बीबीसीको दुई खेलबाट ४ अंक छ। बीबीसीले पहिलो खेलमा नेपाल एपीएफ फुटबल क्लबलाई ३–२ ले पराजित गरेको थियो। एनआरटीले पहिलो खेलमा साविक विजेता मच्छिन्द्रसँग २–१ को हार बेहोरेको थियो।

आजै हुने दोस्रो चरणको अन्तिम खेलमा साविक विजेता मच्छिन्द्र फुटबल क्लबले त्रिभुवन आर्मी फुटबल क्लबसँग खेल्नेछ। 

खेल सोही रंगशालामा अपरान्ह पौने ५ बजे हुनेछ। मच्छिन्द्र लगातार दोस्रो जितको खोजीमा रहँदा आर्मी पहिलो जितको खोजीमा छ।

मच्छिन्द्रले पहिलो खेलमा एनआरटीलाई २–१ ले पराजित गर्दा आर्मीले विभागीय डर्बीमा पुलिससँग १–१ गोलको बराबरी खेलेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .