खेल


राखेपमा आज सदस्य सचिव नियुक्त हुने, घिसिङको सम्भावना प्रवल

राखेपमा आज सदस्य सचिव नियुक्त हुने, घिसिङको सम्भावना प्रवल

नेपालखबर
मंसिर १३

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त हुने सम्भावना छ। 

युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा आज बस्ने मन्त्रिपरिषद् बैठकले घिसिङलाई सदस्यसचिवमा नियुक्त गर्ने सम्भावना छ। 

घिसिङ नेपाल रग्बी संघका अध्यक्ष तथा एशिया रग्बी संघका सदस्य समेत हुन्। 

नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशका सचिवालय सदस्यसमेत रहेका घिसिङ प्रचण्ड निकट मानिन्छन्। 

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले राष्ट्रिय खेलकुद ऐन, २०७७ को दफा १७ को उपदफा ३ बमोजिम सदस्य सचिव सिफारिसका लागि ३ सदस्यीय समिति गठन गरेका थिए। 

समितिमा मन्त्रालयका सह सचिव कमल प्रसाद पोखरेलको संयोजकत्वमा कमला ज्ञवाली र हरि बहादुर श्रेष्ठ थिए। 

सदस्यसचिवमा आवेदन दिएका १८ जनाले आइतबार मन्त्रालयमा कार्ययोजना बुझाएका थिए। ती मध्येबाट समितिले घिसिङसहित अच्युतम लामिछाने र महिलातर्फ ममता श्रेष्ठको नाम सिफारिस गरेको थियो। 

सदस्य सचिव बन्नका लागि टंकलाल घिसिङ, अच्युतम लामिछाने, ममता श्रेष्ठ, दीपक विष्ट, रविराज कर्णिकार, आरके विष्ट, छुम्बी लामा, मानबहादुर गुरुङ, सुदिल शाही, विनोदकुमार यादव, भरत महर्जन, राजकुमार कार्की, देवराज चौलागाई, दिलकुमारी नेपाल, जगतमान श्रेष्ठ, सिद्धार्थ लामा तामाङ, भरत चालिसे र सुनिल नकर्मीले आवेदन दिएका थिए।  

गत कार्तिक १ गते तत्कालिन सदस्य सचिव रमेश कुमार सिलवाललाई बर्खास्त गरेपछि मन्त्रालयले ४ गते ७ दिनको समयावधि राखेर सदस्यसचिवका लागि दरखास्त आवेदन माग गरेको थियो।

मंसिर १३, २०७८, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .