ad ad

खेल


१० खेलाडीमा सीमित सेन्ट एटियेनविरुद्ध पीएसजीको जित

१० खेलाडीमा सीमित सेन्ट एटियेनविरुद्ध पीएसजीको जित

नेपालखबर
मंसिर १३, २०७८ सोमबार ७:४१, काठमाडौँ

पेरिस सेन्ट जर्मेन (पीएसजी)ले आइतबार भएको फ्रान्सेली लिग वानको सेन्ट एटियेनविरुद्धको खेलमा ३–१ गोल अन्तरको जित हात पारेको छ।

खेलको २३ औं मिनेटमा डेनिस बोउआन्गाको गोलबाट अग्रता लिएको सेन्ट एटियेनका टिमोथी कोलोड्जिएज्जाकखेलको ४५ औं मिनेटमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि सेन्ट एटियन १० खेलाडीमा सीमित भएको थियो।

पहिलो हाफको इन्ज्युरी समयमा पीएसजीका मार्किन्होसले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। दोस्रो हाफको ७९ औं मिनेटमा पीएसजीका एन्जेल डी मारियाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। इन्ज्युरी समयमा मार्किन्होसले अर्को एक गोल थप्दै पीएसजीलाई ३–१ को अवस्थामा पुर्‍याए। 

लिग वानमा शीर्षस्थानमा रहेको पीएसजी दोस्रो स्थानमा रहेको रेनसभन्दा १४ अंकले अगाडि छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .