इंगलिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटीले वेस्टह्याम युनाइटेडविरुद्ध जित हात पारेको छ। हिमपात भइरहेको समयमा भएको खेलमा म्यानचेस्टर सिटीले वेस्ट ह्यामविरुद्ध २–१ को जित हात पारेको हो।
खेलको ३३ औं र ९० औं मिनेटमा गोल गर्दै म्यानचेस्टर सिटीले लिगमा महत्वपूर्ण तीन अंक जोडेको हो। वेस्ट ह्यामले सकिनुभन्दा केही समयअघि इन्ज्युरी समयमा सान्त्वना गोल फर्काएको थियो।
त्यस्तै प्रिमियर लिगको आइतबार राति नै भएको अर्को खेलमा चेल्सी र म्यानचेस्टर युनाइटेडले १–१ गोलको बराबरी खेलेका छन्। जाडोन सान्चोले खेलको ५० औं मिनेटमा गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई अग्रता दिलाएका थिए तर जोर्गिन्होले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। खेलमा थप गोल हुन नकेन र दुवै टोलीले एक/एक अंक बाँडे।
यससँगै चेल्सी १३ खेलबाट ३० अंकसहित प्रिमियर लिगको शीर्षस्थानमा छ भने म्यानचेस्टर सिटी समान खेलबाट २९ अंकसहित दोस्रोस्थानमा उक्लिएको छ। म्यानचेस्टर युनाइटेड भने १३ खेलबाट १८ अंकसहित आठौं स्थानमा छ।
Shares
प्रतिक्रिया