रोयल नेपाल गल्फ क्लबमा भएको वार्सटाइनर गल्फ प्रतियोगिताको उपाधि संगम केसीले जितेका छन्।
३/४ स्टेबलफोर्ड ढाँचामा खेलेका केसीले ४१ अंकका साथ च्याम्पियनसिप जितेका थिए। श्री सञ्जीव तिवारी ३८ अंकका साथ पुरुष उपविजेता बने। हरि थापा ३३ अंकका साथ ग्रस बिजेता भए।
गीता गुरुङले २९ अंक जोड्दै महिलातर्फको उपाधि जितेकी छिन्।
त्यस्तै, विजय एसजेबी राणाले ३८ अंक सहित सिनियर खण्डको उपाधि जितेका छन्। विजय मोक्तानले ३६ अंक जोड्दै सिनियर रनरअपको उपाधि जितेका छन्।
मिथुन राईले मोस्ट बर्डीजको अवार्ड जिते भने फुरसाङ लामाले लङ्गेस्ट ड्राइभको अवार्ड जिते। क्लोजेस्ट टु द पिनको उपाधि भाइराजा पाण्डेले जिते। ईश्वर बुढाथोकीले ३९ अंकका साथ अतिथि बिजेताको रुपमा उपाधि जिते। तथा बेष्ट स्पोर्टस्मानको उपाधि तेज बहादुर राईले जिते।
बिजेताहरुलाई जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजका प्रमुख बिक्री अधिकृत प्रविर कुमार नाग, पूर्वप्रधान सेनापति प्रज्वल एसजेबी राणा, रोयल नेपाल गल्फ क्लबका अध्यक्ष प्रचन्द्र बहादुर श्रेष्ठ, क्याप्टेन राजेन्द्रमान शेरचन, पूर्व अध्यक्ष मधुकर याक्थुम्बा र नेपाल गल्फ एसोसिएसन्का पूर्वअध्यक्ष प्रदीपकुमार श्रेष्ठले पुरस्कार हस्तान्तरण गरेका थिए।
प्रतियोगिताको बिजेतालाई वार्सटाईनर ट्रफी प्रदान गरिएको थियो भने अन्य विभिन्न १२ विधाका बिजेताहरुलाई आकर्षक पुरस्कार प्रदान गरेका थिए।
वार्सटाइनर प्रिमियम जर्मन वियर रोयल नेपाल गल्फ क्लबसँग आबद्ध छ ।
Shares
प्रतिक्रिया