ad ad

खेल


कुवेतविरुद्ध नेपालको शानदार जित

कुवेतविरुद्ध नेपालको शानदार जित

फाइल तस्बिर


नेपालखबर
मंसिर ९, २०७८ बिहिबार १३:२१, काठमाडौँ

आईसीसी टी–२० महिला विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत बिहीबार भएको खेलमा नेपालले कुवेतलाई ९ विकेटले हराएको छ। दुबईस्थित रंगशालामा कुवेतले दिएको २८ रनको झिनो लक्ष्य नेपालले ३ ओभर ३ बल खेल्दै भेट्टाएको हो।

नेपाललाई जित दिलाउन कप्तान रुबिना क्षेत्रीले अविजित १२ रन बनाइन् भने इन्दु बर्माले १३ रन बनाइन्।  

यसअघि ब्याटिङ गरेको कुवेतले १५ ओभर ४ बल खेल्दै सबै विकेट गुमाएर २७ रन बनाएको थियो । कुवेतका लागि प्रियदा मुरलीले १० रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। कुवेतका ६ जना ब्याटर शून्य रनमा आउट भएका थिए। 

कुवेतलाई सस्तैमा रोक्ने क्रममा नेपालकी संगता राईले २ ओभर ४ बल फ्याँक्दै केवल २ रन दिएर ३ विकेट लिइन्। कप्तान रुबिना क्षेत्री र करुणा भण्डारीले समान २/२ विकेट लिएका थिए।

सरस्वती चौधरीले १ विकेट लिएकी थिइन्। ६ टोली सम्मिलित छनोटको शीर्षस्थानमा रहने टोलीले टी–२० विश्वकप छनोटको ग्लोबल छनोट खेल्न पाउनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .