म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ। मंगलबार राति भएको खेलमा भिल्लारियलमाथि २–० गोलको जित हात पार्दै युनाइटेडले नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको हो।
म्यानचेस्टर युनाइटेडलाई जित दिलाउने क्रममा खेलको ७८ औं मिनेटमा क्रिस्टियानो रोनाल्डो र जाडोन सान्चोले एक/एक गोल गरे। दुवै गोल खेलकाे दोस्रो हाफमा भएका थिए। रोनाल्डोले ७८ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलएका थिए। खेलकाे ९० औं मिनेटमा सान्चोले अर्को गोल थप्दै अग्रता दाेब्बर पारे।
समूह एफको शीर्षस्थानमा रहेको म्यानचेस्टर युनाइटेडले पाँच खेलबाट १० अंक हात पारेको छ भने दोस्रो स्थानमा रहेको भिल्लारियलले समान खेलबाट ७ अंक हात पारेको छ।
150
Shares

प्रतिक्रिया