खेल


पाकिस्तानद्वारा बंगलादेशविरुद्धको टी–२० सिरिज ‘क्विन स्विप’

पाकिस्तानद्वारा बंगलादेशविरुद्धको टी–२० सिरिज ‘क्विन स्विप’

नेपालखबर
मंसिर ७, २०७८ मंगलबार ७:९, काठमाडौँ

पाकिस्तानले बंगलादेशसँगको तीन खेलको टी–२० क्रिकेट सिरिज ‘क्लिन स्वीप’ गर्दै जित हात पारेको छ। सोमबार भएको तेस्रो टी–२० खेलमा पाकिस्तानले बंगलादेशलाई ५ विकेटले पराजित गरेको हो।

सोमबारको खेलमा बंगलादेशले पहिला ब्याटिङ गर्दै पाकिस्तानलाई १२५ रनको सहज लक्ष्य दिएको थियो। बंगलादेशका मोहम्मद नाइमले ४७ रन बनाए। बंगलादेशलाई सस्तैमा रोक्ने क्रममा पाकिस्तानका मोहम्मद वासिम र उस्मान कादिरले समान दुई/दुई विकेट लिए। 

जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले जितका लागि भने अन्तिम बलसम्म कुर्नुपरेको थियो। रोमाञ्चक मोडमा पुगेको खेलको अन्तिम बलमा पाकिस्तानका मोहम्मद नवाजले चौका प्रहार गर्दै पाकिस्तानलाई जित दिलाएका हुन्। 

पाकिस्तानका मोहम्मद रिजवानले ४० र हैदर अलीले ४५ रनको पाली खेले। बंगलादेशका मोहम्मदुल्लाह एक्लैले अन्तिम ओभरमा तीन विकेट लिएका थिए। एक ओभरमा पाकिस्तानलाई जितका लागि ८ रन चाहिएको अवस्थामा बलिङ गर्न आएका मोहम्मदुल्लाहले आफ्नो टोलीलाई जित दिलाउन भने सकेनन्। 

पाकिस्तानले यसअघि नै लगातार दुई खेलमा जित हात पारेको थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad