म्यानचेस्टर युनाइटेडले प्रशिक्षक बन्नको लागि गरेको प्रस्ताव जिनेदिन जिदानले अस्वीकार गरेका छन्। बीबीसीका अनुसार उनले अहिलेको अवस्थामा म्यानचेस्टर युनाइटेडको प्रशिक्षक बन्न इच्छुक नरहेको बताएका हुन्।
आइतबार युनाइटेडले टोलीका प्रशिक्षक ओले गुनार सोस्कजारलाई बर्खास्त गरेको थियो।
जिदानले गत मेमा रियल मड्रिडको प्रशिक्षकबाट राजीनामा दिएका थिए। सन् २०१६ देखि क्लबमा रहेका उनले टोलीलाई लगातार तीनपटक च्याम्पियन्स लिगको उपाधि जिताएका थिए।
सन् २०१८ मा रियल मड्रिड छाडेका उनी एक वर्षपछि पुनः क्लबमा फर्किएका थिए र सन् २०२० मा उनले क्लबलाई स्पेनिस ला लिगाको उपाधि पनि जिताएका थिए।
स्रोतका अनुसार अहिले जिदान फ्रान्सको राष्ट्रिय टोली र पेरिस सेन्ट जर्मनसँग जोडिएका छन्। उनले अहिले अन्य टोलीको प्रशिक्षक बन्नेतर्फ मन गरेका छैनन्।
Shares

प्रतिक्रिया