भारतले न्युजिल्याण्डसँगको टी–२० सिरिज ‘क्लिन स्वीप’ गरेको छ। आइतबार भएको अन्तिम खेलमा न्युजिल्याण्डमाथि ७३ रनको जित हात पार्दै भारतले सिरिज ३–० ले जितेको हो।
आइतबारको खेलमा भारतले पहिले ब्याटिङ गर्दै १८४ रनको विशाल स्कोर खडा गरेको थियो । भरतका लागि कप्तान रोहित शर्माले अर्धशतक प्रहार गरेका थिए। न्युजिल्याण्डका मिचेल स्यान्टनरले ३ विकेट लिएका थिए।
जवाफी ब्याटिङमा उत्रिएको न्युजिल्याण्डले १७ ओभर २ बल खेल्दै सबै विकेट गुमाएर १११ रन मात्र बनायो। न्युजिल्याण्डका लागि मार्टिन गुप्टिलले अर्धशतकीय पाली खेले पनि त्यो जितका लागि पर्याप्त भएन। अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य रन बनाउन सकेनन्।
न्युजिल्याण्डलाई सस्तैमा रोक्ने क्रममा भारतका अक्षर पटेलले केवल ९ रन दिँदै तीन विकेट लिए।
159
Shares

प्रतिक्रिया