विभागीय टोली एपीएफ फुटबल क्लबलाई पराजित गर्दै ब्रिगेड ब्वाइज क्लबले शहिद स्मारक ए डिभिजन लिगमा विजयी सुरुवात गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबारको पहिलो खेलमा ब्रिगेड ब्वाइजले एपीएफलाई ३–२ गोलअन्तरले पराजित गरेको हो।
ब्रिगेडको जितमा दिनेश राईले दुई तथा सुरज गुरुङले एक गोल गरे। एपीएफका लागि आशिष लामा र बिकी तामाङले समान एक गोल गरे।
पहिलो हाफमा एक एक गोलको बराबरीमा सकिएको खेलमा बाँकी गोल दोस्रो हाफमा सम्भव भयो।
जितसँगै ब्रिगेडले लिगमा ३ अंक जोडेको छ।
51
Shares

प्रतिक्रिया