बाँकेको कोहलपुरमा प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदान परिसरमा महिला क्रिकेट एकेडेमीको बन्ने भएको छ।
एकेडेमीको युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले शिलान्यास गरेका छन्। बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ मा निर्माणाधिन अवस्थामा रहेको प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदान परिसरमा मन्त्री गहतराजले महिला क्रिकेट एकेडेमीको शिलान्यास गरेका हुन्।
एकेडेमीको शिलान्यास गर्दै मन्त्री गहतराजले कोहलपुर क्रिकेट मैदान र राष्ट्रिय क्रिकेट महिला एकेडेमी मन्त्रालयको प्राथमिकतामा रहेको बताए। एकेडेमी निर्माणका लागि फास्ट ट्रयाकमा डिपिआर तयार भईसकेको बताउँदै उनले आफ्नै कार्यकालमा पुर्वाधार निर्माणको प्रक्रिया सुरु गर्ने प्रतिवद्धता जनाएका छन्।
रात्रीकालिन खेल सञ्चालन गर्न सकिने तथा आवाशीय सुविधा सहित अन्तर्राष्ट्रिय स्तरमा निर्माण गरीने एकेडेमीको लागत १ अर्ब २२ करोड अनुमान गरिएको छ।
बहुवर्षीय योजनामा रहेको एकेडेमी आगामी ३ वर्षभित्र सम्पन्न गर्नेगरी तत्कालै पुर्वाधार निर्माणको काम अगाडि बढाइने मन्त्री गहतराजले बताए।
एक फरक प्रशंगमा मन्त्री गहतराजले कोहलपुर नगरपालिकाभित्र निर्माण गर्ने भनिएको कोहलपुर खेल मैदानका लागि ७० लाख बजेट सुनिश्चित भएको बताए।
एक पालिका एक खेल मैदानको नीति अनुसार कोहलपुर नगरपालिकाले कोहलपुर खेल मैदान निर्माण गर्ने निर्णय गरेको थियो।
Shares

प्रतिक्रिया