नेपाल भेटेरिनरी एशोसियसनले रन फर प्रोटिन हाफ म्याराथन गर्ने भएको छ।
एसोसियसनले आइतबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै प्रोटिन माथिको मर्मलाई आत्मसाथ गर्दै प्रोटिनमाथिको पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले हाफ म्याराथनसहित अन्य विधामा दौड प्रतियोगिता गर्न लागेको जनाएको हो।
हाफ म्याराथन आगामी पुस ३ गते शनिबार हुनेछ। त्रिपुरेश्वरस्थित दशरथ रगंशालाबाट सुरु भएको दौड पुनः त्यही आएर समापन एसोसियसनका अध्यक्ष डा. सितलकाजी श्रेष्ठले जानकारी दिए।
प्रतियोगितामा खुला हाफ म्याराथन, पुरुष १० किमी, महिला ५ किमी, १२ कक्षासम्म्का विद्यार्थीलाई ५ किमी पुरुष र ३ किमी महिला र फरक क्षमता भएका व्यक्तीलाई ह्वीलचियर दौड समावेश गरिएको छ।
हाफ म्याराथनको महिला पुरुष दुवैतर्फका विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। उपविजेताले ७५ हजार, तेस्रोले ५०, चौथोले ४० र पाँचौँ हुनेले ३० हजार रुपैयाँ पाउनेछन्।
पुरुष १० किलोमिटर दौडको विजेताले ५० हजार दोस्रोले ४०, तेस्रोले ३०, चौथोले २० र पाँचौ हुनेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
महिलातर्फ ५ किलोमिटर दौडको विजेताले ३० हजार, दोस्रो हुनेले २० हजार तथा तेस्रो हुनेले १५, चौथोले १० र पाँचौ हुनेले ५ हजार रुपैयाँ पाउनेछन्।
दौडमा सहभागी हुन २ सय तिरेर अनलाइनमार्फत नाम दर्ता गर्न सकिने अध्यक्ष श्रेष्ठले बताए।
Shares

प्रतिक्रिया