खेल


प्रदेशस्तरीय शारीरिक सुगठन प्रतियोगिता हुने

प्रदेशस्तरीय शारीरिक सुगठन प्रतियोगिता हुने

नेपालखबर
मंसिर ४, २०७८ शनिबार १६:५३, काठमाडौँ

झापाको बिर्तामोडमा प्रदेश नं १ स्तरीय शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ।

नयाँ खेलाडीलाई उत्पादन गर्ने उद्देश्यले फागुन २७ र २८ गते ‘मिस्टर कञ्चनजङ्गा घबडी बिल्डिङ च्याम्पियनसीप’ हुन लागेको हो। बिर्तामोडमा आज अयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका कार्यक्रम संयोजक राम दाहालले प्रदेश नं १ मा हालसम्मकै ठूलो धनराशिको प्रतियोगिता हुने जानकारी दिए।

‘कोरोना भाइरस सङ्क्रमणका कारण पछिल्लो समय प्रतियोगिता हुन सकेको थिएन’ उनले भने, ‘नयाँ खेलाडी उत्पादन र प्रोत्साहनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको हो।’

प्रतियोगितामा प्रथम हुनेलाई रू तीन लाख, दोस्रोलाई रू दुई लाख, तेस्रोलाई रू एक लाख, चौथोलाई रू ७५ हजार र पाँचौँलाई रू ५० हजार पुरस्कार प्रदान गर्नेछ। प्रतियोगिता ५५, ६०, ६५, ७० र ७५ केजीभन्दामाथि पाँच वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ। 

सबै तौल समूहबाट विजेताबीच प्रतिस्पर्धा हुने बताउँदै संयोजक दाहालले भने, ‘उनीहरुबीच पनि प्रतिस्पर्धाबाट च्याम्पियन अफ द च्याम्पियन छानिने छन्।’

त्यस्तै प्रतियोगिताअन्तर्गत महिलाको पनि शारीरिक सुगठन प्रतियोगिता हुनेछ। महिला प्रतियोगितामा प्रथमले रू १५ हजार, दोस्रोले रू १० हजार र तृतीयले रू पाँच हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगितामा प्रदेश नं १ भरका एक सय पुरुष तथा महिला खेलाडी सहभागी हुने आयोजक समितिका अध्यक्ष अर्जुन मैनालीले बताए। उनका अनुसार प्रतियोगिता सम्पन्न गर्न रू २० लाख खर्च हुनेछ।

नयाँ खेलाडी उत्पादन र प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिने भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीले प्रतियोगितामा सहभागी हुन पाउने छैनन्।

खेलाडीलाई प्रतियोगितामा सहभागी हुन तयारीका लागि कम्तीमा ९० दिन लाग्ने भएकाले सोहीअनुसार प्रतियोगिताको मिति तय गरिएको अयोजकको भनाइ छ। प्रतियोगिताको आयोजना बिर्तामोडस्थित ‘बडी ग्यारेज’ जिम हलले गरेको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad