खेल


चिनियाँ टेनिस खेलाडी पेङ छिटै सार्वजनिक हुनेछिन्ः ग्लोबल टाइम्स

चिनियाँ टेनिस खेलाडी पेङ छिटै सार्वजनिक हुनेछिन्ः ग्लोबल टाइम्स

नेपालखबर
मंसिर ४, २०७८ शनिबार १२:२४, काठमाडौँ

चिनियाँ टेनिस खेलाडी पेङ सुआई अहिले स्वतन्त्ररुपमा आफ्नो घरमा बसिरहेको र उनी छिटै नै सार्वजनिक हुने चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सका सम्पादक हु सिचिनले बताएका छन्। डबल टेनिसको विश्व नम्बर एकमा परिसकेकी पेङ नोभेम्बर २ यता सार्वजनिकरुपमा देखिएकी छैनन्। 

उनले चिनियाँ सामाजिक सञ्जालमा चीनका पूर्व उप प्रधानमन्त्री चाङ गाओलीमाथि जबर्जस्ती करणीको आरोप लगाएकी थिइन्। यो आरोपबारे चाङ र चिनियाँ सरकारले कुनै प्रतिक्रिया दिएको छैन।

पेङको सामाजिक सञ्जालको पोस्ट तत्कालै हटाइएको थियो र यस विषयमा हुने छलफलका लागि पनि प्रतिबन्ध लगाइएको छ। चीनको इन्टरनेट अत्यधिक सेन्सर लगाइने गरेको छ। 

‘पछिल्लो केही दिनयता उनी आफ्नै घरमा स्वतन्त्रतापूर्वक बसिरहेकी छिन् र उनी थप कुनै डिस्टर्ब हुन चाहन्नन्। उनी अब छिटै नै सार्वजनिक भएर केही गतिविधिमा सामेल हुन्छिन्’, हु सिचिनले भनेका छन्। 

यसअघि उनको अवस्थाको विषयलाई लिएर महिला टेनिस संघ (डब्ल्यूटीए)ले चीनबाट आफ्नो सबै प्रतियोगिता हटाउने चेतावनी दिएको थियो। त्यस्तै पुरुष टेनिस संघले पनि चीनसँग यस विषयमा स्पष्टीकरण मागेको थियो। 

अमेरिकाले पनि पेङको विषयमा स्पष्टीकरण मागेको छ। शुक्रबार चीनले उनको आफ्नो घरमा बसेको फोटोहरु सार्वजनिक गरेको छ। तर, उक्त फोटोको आधिकारिकता भने पुष्टि हुने कुनै प्रमाण पाइएको छैन। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad