खेल


भारतले जित्यो न्युजिल्याण्डसँगको टी–२० सिरिज

भारतले जित्यो न्युजिल्याण्डसँगको टी–२० सिरिज

नेपालखबर
मंसिर ४, २०७८ शनिबार ६:४२, काठमाडौँ

भारतले न्युजिल्याण्डसँगको टी–२० सिरिज जितेको छ। शुक्रबार भएको खेलमा न्युजिल्याण्डलाई सात विकेटले पराजित गर्दै भारतले एक खेल अगावै सिरिज जितेको हो।

शुक्रबार बेलुका भएको खेलमा न्युजिल्याण्डले भारतलाई जितको लागि १५४ रनको लक्ष्य दिएको थियो। न्युजिल्याण्डका ग्लेन फिलिप्सले ३४ रनको पाली खेले भने मार्टिन गुप्टिल र डारयल मिचेलले समान ३१ रन बनाएका थिए। भारतका हर्षल पटेलले दुई विकेट लिएका थिए। 

जवाफी ब्याटिङमा उत्रिएको भारतले १७ ओभर २ बल खेल्दै लक्ष्य पूरा गर्‍यो। भारतलाई जित दिलाउने क्रममा ओपनर जोडी रोहित शर्मा र केएल राहुल दुवैले अर्धशतकीय पाली खेले। राहुलले ६५ रन बनाए भने रोहित शर्मा ५५ रन बनाएर आउट भए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad