अष्ट्रेलियाली टेष्ट क्रिकेट टोलीका कप्तान टिम पेनले पदबाट राजिनामा दिएका छन्।
सन् २०१७ मा महिला सहकर्मीलाई आपत्तिजनक म्यासेज पठाएको विषय सार्वजनिक भएपछि उनी पछिल्लो समय विवादित भएका थिए। बीबीसीकाअनुसार यो विषयमा क्रिकेट अष्ट्रेलियाले छानबिन गरिरहेको छ।
पेनले इंग्ल्याण्डविरुद्ध एसेस सिरिज सुरु हुनुअघि दिनआघि राजिनामा दिएका हुन्।
शुक्रबार पत्रकार सम्मेलन गर्दै पेनले भने, यो कठिन निर्णय हो तर मेरो लागि, परिवारको लागि र क्रिकेटको लागि सही समय हो। यो विषयमा मैले मेरो श्रीमती र परिवारसँग माफी मागिसकेको छु र उनीहरुप्रति कृतज्ञ छु।
पेन सन् २०१८ मा अष्ट्रेलिया टेष्ट टोलीको ४६औं कप्तान बनेका थिए।
क्रिकेट अष्ट्रेलियाका चियरमेन रिचर्ड फ्रुडेनस्टीनले पेनको राजिनामा स्वीकार गर्दै केही दिनमा नै नयाँ कप्तान छनोटका लागि प्रक्रिया सुरु गर्ने बताएका छन्। वर्तमान उपकप्तान मेट कुमिन्सलाई आगामी कप्तानको रुपमा हेरिएको छ।
Shares

प्रतिक्रिया