नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतमा हुने चार राष्ट्र सम्मिलित प्रतियोगिता खेल्ने भएको छ।
भारतमा हुने चार राष्ट्र सम्मिलित प्रतियोगितामा नेपालले पनि सहभागिता जनाउने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
प्रतियोगिता डिसेम्बर ९ देखि २१ सम्म भारतमा हुनेछ। प्रतियोगितामा आयोजक भारत र नेपाल तथा थाइल्याण्ड र एक अरेबियन देश सहभागी हुने सम्भावना छ। यद्यपि दुई टोलीको टुङगो लाग्न भने बाँकी छ।
प्रतियोगिताका लागि अर्को सातादेखि बन्द प्रशिक्षण सुरु गर्ने तयारीमा एन्फा रहेको महिला कमिटी अध्यक्ष पेमा लामाले जानकारी दिइन्। उनले भनिन्, ‘केही दिनमा नै प्राविधिक समितिको बैठक बस्दै छ त्यसपछि प्रशिक्षण कहिलेदेखि सुरु गर्ने भन्ने विषयमा निर्णय गर्नेछौँ।’
36
Shares

प्रतिक्रिया