शहीद स्मारक ए डिभिजन लिग फुटबल शुक्रबारदेखि काठमाडौंमा सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले १४ टोली सहभागी हुने यो लिगको तालिका सार्वजनिक गरेको हो।
लिगको पहिलो खेलमा शुक्रबार मध्याह्न पौने पाँच बजे फ्रेण्ड्स क्लब र सातदोबाटो युथ क्लब भिड्नेछन्। यसपटक सातदोबाटो, फ्रेन्ड्स क्लबसहित जावलाखेल, पुलिस, त्रिभुवन आर्मी, एनआरटी, एपीएफ, मछिन्द्र, बिग्रेड, मनाङ मर्स्याङ्दी, थ्रीस्टार, च्यासल, सङ्कटा र हिमालयन शेर्पाले प्रतिस्पर्धा गर्नेछन्।
लिगका सुरुवाती दुई चरणको सबै खेल दशरथ रंगशालामा हुने एन्फाले बताएको छ। लिगको विजेताले ७५ लाख र उपविजेताले ५० लाख पुरस्कार पाउनेछन्। लिगको पुछारमा रहने दुई टोली भने बी डिभिजनमा झर्नेछन्।
63
Shares

प्रतिक्रिया