खेल


सर्बियाका खेलाडीले बिरामी बालबालिकाको उपचारमा दिए पोर्चुगललाई हराएपछि पाएको पुरस्कार

सर्बियाका खेलाडीले बिरामी बालबालिकाको उपचारमा दिए पोर्चुगललाई हराएपछि पाएको पुरस्कार

नेपालखबर
मंसिर २, २०७८ बिहिबार ७:१०, काठमाडौँ

पोर्चुगललाई हराउँदै फिफा विश्वकप २०२२ का लागि छनोट भएको सर्बियाका खेलाडीले सरकारले पुरस्कार बिरामी बालबालिकाको उपचारको लागि दिने भएका छन्। 

युरोपेली छनोटअन्तर्गत समूह एको अन्तिम खेलमा सर्बियाले २–१ गोल अन्तरले पराजित गरेको थियो। विश्वकपमा छनोट भएसँगै सर्बियाका राष्ट्रपतिले खेलाडीहरुलाई १० लाख युरो पुरस्कार दिने निर्णय गरेको थियो। 

सो रकम खेलाडीहरुले बिरामी बालबालिकाको उपचारको लागि दिने निर्णय गरेका हुन्।

युरोपबाट सर्बिया प्रत्यक्षरुपमा विश्वकपका लागि छानिएको हो। सोही समूहको पोर्चुगलले भने विश्वकपमा छनोटका लागि प्ले अफ खेल्नुपर्ने भएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad