भारतले बुधबार न्युजिल्याण्डसँगको टी–२० खेलमा रोमान्चक जित हात पारेको छ। बुधबार जयपुरमा भएको खेलमा भारतले दुई न्युजिल्याण्डलाई पाँच विकेटले पराजित गरेको हो।
यससँगै भारतले न्युजिल्याण्डसँगको टी–२० सिरिजमा १–० को अग्रता लिएको हो।
बुधबार भएको खेलमा पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६४ रन बनाएको थियो।
न्युजिल्याण्डलाई सम्मानजनक स्कोर बनाउन मार्टिन गुप्टिलले ७० रन तथा मार्क चापमेनले ६३ रन बनाए। जवाफी ब्याटिङमा उत्रिएको भारतले १९ ओभर ४ बलमा पाँच विकेट गुमाएर १६६ रन बनाउँदै लक्ष्य पूरा गर्यो।
भारतका लागि सूर्यकुमार यादवले ६२ रन बनाए भने रोहित शर्माले ४८ रनको पाली खेले।
174
Shares

प्रतिक्रिया