खेल


हिमालयन शेर्पालाई नेपाल आइसले प्रायोजन गर्ने

हिमालयन शेर्पालाई नेपाल आइसले प्रायोजन गर्ने

नेपालखबर
मंसिर १, २०७८ बुधबार १७:५४, काठमाडौँ

सहिद स्मारक ए डिभिजन क्लब हिमालयन शेर्पासँग आज नेपाल आइस मुख्य प्रायोजकको रुपमा जोडिएको छ।

मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच हिमालयन शेर्पा क्लबले नेपाल आइससँग मुख्य प्रायोजनका सम्झौता गरेको हो। हिमालयन शेर्पाका अध्यक्ष कर्माछिरिङ्ग शेर्पा र नेपाल आइसका बिजनेस हेड प्रदिप पुडासैनीले सम्झौता पत्रमा हस्ताक्षर गरे।

सम्झौता अनुसार हिमालयन शेर्पालाई नेपाल आइसले एक वर्षको लागि प्रायोजन गर्नेछ भने हिमालयन शेर्पाले ए डिभिजन लिगमा नेपाल आईस अंकित लोगो भएको जर्सी लगाउने छ।

प्रायोजन रकम भने खुलाइएको छैन। सम्झौता कार्यक्रममा बिजनेस हेड पुडासैनीले सामाजिक उत्तरदायीत्व र फुटबल विकासका लागि नेपाल आईस हिमालयन शेर्पा क्लबसँग जोडिएको बताए।

यस्तै हिमालयन शेर्पा क्लबले स्पोर्ट्स किट्स पार्टनरको रुपमा खेलकुद पोसाक कम्पनी केटीएम सिटीसँग साझेदारी गरेको छ।

हिमालयन शेर्पाका कार्यवाहक अध्यक्ष गोम्बु दोर्जे शेर्पा र केटिएम सिटीका प्रमुख कार्यकारी अधिकृत निमा शेर्पाले सम्झौता पत्र आदान प्रदान गरे सम्झौतासँगै केटीएम सिटीले हिमालयन शेर्पालाई २५ लाख बराबरको खेलकुद सामग्री उपलब्ध गराउनेछ र ए डिभिजन लिगमा शेर्पाले केटीएम सिटीको जर्सी प्रयोग गर्नेछ।

नयाँ सिजनको ए डिभिजन लिग शुक्रबारबाट हुँदैछ। हिमालयन शेर्पाले शनिबार काठमाडौंको पुरानो क्लब संकटासँग खेल्दै लिगको सुरुआत गर्नेछ।

आजै यसै सिजन बढुवा भएको सातदोबाटो युथ क्लबले पनि टि टेनसँग स्पोर्ट्स किट्स प्रायोजनाका लागि सम्झौता गरेको छ। सातदोबाटोले उद्घाटन खेलमा फ्रेन्ड्ससँग खेल्दै लिगको आरम्भ गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad