खेल


शहीद स्मारक ए डिभिजन लिगको मुख्य प्रायोजकमा कतार एयरवेजकै निरन्तरता

शहीद स्मारक ए डिभिजन लिगको मुख्य प्रायोजकमा कतार एयरवेजकै निरन्तरता

नेपालखबर
मंसिर १, २०७८ बुधबार १६:३४, काठमाडौँ

शहीद स्मारक ए डिभिजन लिगको मुख्य प्रायोजकमा कतार एयरवेजले निरन्तरता पाएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र कतार एयरवेजले बुधबार एक वर्षका लागि सम्झौता नवीकरण गरेका छन्। 

सम्झौता पत्रमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहमद एल इमामले हस्ताक्षर गरे।

सम्झौता अनुसार कतार एयरवेजले लिग प्रायोजन स्वरूप एन्फालाई १ लाख ५० हजार अमेरिकी डलर (१ करोड ७८ लाख रुपैयाँ) दिनेछ। 

सम्झौतापछि कतार एयरवेजका कन्ट्री म्यानेजर इमामले एन्फालाई धन्यवाद दिँदै भने, फेरि एकपटक लिगको प्रायोजन गर्ने अवसर पाएका छौँ। आशा छ यो सम्झौताले नेपाली फुटबल विकासमा सहयोग पुग्नेछ। 

एन्फा अध्यक्ष शेर्पाले अर्को वर्ष पनि सम्झौतालाई थप वृहत बनाउँदै निरन्तरता दिने बताएका छन्। 

पछिल्लो सिजन त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै मछिन्द्र क्लब नयाँ लिग च्याम्पियन टोली बनेको थियो। 

यो संस्करणको लिग शुक्रबारबाट सुरु हुँदैछ। एन्फाले यसपटक साताको अन्त्यमा खेल राख्दै ४ महिना लिग चलाउने लक्ष्य राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad