कतारसँगको दोस्रो टी–२० आई खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।
दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियम हुने अहिले सुरु हुनलागेको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।
पहिलो खेलमा कतारलाई १ सय १९ रनको फराकिलो अन्तरले हराएको नेपालले एक खेलअगावै सिरिज जित्ने योजनामा छ।
नेपाल र कतारबीचको तेस्रो खेल बिहीबार हुनेछ।
आईसीसी वुमन्स टि–२० एसिया छनोटको तयारीका लागि नेपालले कतारसँग तीन टी२० आई सिरिज सिरिज खेलेको हो।
सिरिजपछि नेपाली टोली शुक्रबार युएईतर्फ जानेछ। सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टि२० विश्वकपका लागि एसिया छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र युएई गरि ६ राष्ट्र सहभागी छन्। छनोट खेलको विजेताले अर्को वर्ष हुने टि–२० ग्लोबल छनोट खेल्नेछ।
3
Shares

प्रतिक्रिया