नेदरल्याण्ड्स आगामी वर्ष कतारमा हुने फिफा विश्वकपका लागि छनोट भएको छ।
बुधबार बिहान भएको युरोपेली छनोटअन्तर्गत समूह जीको खेलमा नर्वेलाई २–० गोल अन्तरले पराजित गर्दै नेदरल्याण्ड्सले कतारको लागि आफ्नो स्थान सुरक्षित गरेको हो।
समूह जीमा १० खेलबाट २३ अंक हात पार्दै नेदरल्याण्ड्स विजेता बनेको हो। दोस्रो स्थानमा रहेको टर्कीले १० खेलबाट २१ अंक हात पारेको छ।
नर्वे भने समान खेलबाट १८ अंकसहित तेस्रो स्थानमा छ। यससँगै नर्वेको विश्वकपमा पुग्ने सम्भावना सकिएको छ।
87
Shares

प्रतिक्रिया