राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान) ले ५ सदस्यीय समिति गठन गरेको छ।
क्यानको मंगलबार बसेको बैठकले मुख्य प्रशिक्षक छनोटका लागि संघका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लको संयोजकत्वमा कोषाध्यक्ष रोशन कुमार सिंह, महा–प्रबन्धक रौनक बहादुर मल्ल, क्रिकेट म्यानेजर विनोद कुमार दास र आईसीसीका एक जना प्रतिनिधि रहने गरि छनोट समिति गठन गर्ने निर्णय गरेको छ।
गत भदौमा भएको ओमान सिरिजपछि मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि क्यानले कात्तिक १ गते खुला आवेदन माग गरेको थियो। नेपालको मुख्य प्रशिक्षक बन्नका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेदेखि भारतीय मोन्टी देशाईसम्म गरी ६० जनाले आवेदन दिएका छन्। आवेदन दिएका मध्येबाट सर्टलिष्ट तयार पारेर समितीले प्रशिक्षक छनोट छनोट गर्नेछ।
यस्तै क्यानको वार्षिक साधारण सभा पुष १४ र १५ गते धनगढीमा गर्ने तथा संघको आर्थिक कार्यविधि पारित गर्ने निर्णय गरेको क्यानले प्रेस विज्ञप्ती मार्फत जनाएको छ।
संघको विधान अनुसार ४ वर्षिय कार्यकाल समाप्त भएका र कार्यकाल समाप्त हुन बाँकी रहेका जिल्ला क्रिकेट संघहरूको अधिवेशन आगामी माघ ७ गतेभित्र सक्न सम्बन्धित क्रिकेट संघलाई निर्देशन दिने निर्णय गरेको छ।
क्यानको बैठकले प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष क्रिकेट प्रतियोगिता आगामी पुष १५ गतेभित्र सक्ने निर्णय गरेको छ।
Shares

प्रतिक्रिया