खेल


इन्दुको कीर्तिमानी प्रदर्शनमा कतारलाई नेपालले दियो १४७ रनको चुनौती

इन्दुको कीर्तिमानी प्रदर्शनमा कतारलाई नेपालले दियो १४७ रनको चुनौती

नेपालखबर
कात्तिक ३०, २०७८ मंगलबार १७:३०, काठमाडौँ

इन्दु बर्माको अर्धशतक मद्दतमा नेपालले कतारलाई १४७ रनको लक्ष्य दिएको छ।

तीन खेलको टी-२० आई सिरिज अन्तर्गत मंगलबार दोहाको वेष्ट इण्ड पार्क इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको पहिलो खेलमा नेपालले गतिलो स्कोर गरेको हो। 

कतारले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १४६ रनको योगफल तयार पारेको हो। 

नेपालका लागि कीर्तिमानी प्रदर्शन गरेकी इन्दुले सर्वाधिक ५५ रनको योगदान दिइन्। ४७ बलमा ५ चौका मद्दतमा ५५ रन जोडेकी इन्दु रिटायर्ड हर्ट हुँदै पवेलियन फर्किइन्।

दोस्रो विकेटका लागि ओपनर सीता राना मगर र इन्दु बर्माले ८८ रनको कीर्तिमानी साझेदारी गरे। 

यो साझेदारी महिला टी–२० आई खेलको उच्च साझेदारी हो। यसअघि इन्दु र सीताले नै दोस्रो विकेटका लागि ७० रनको साझेदारी गरेका थिए। 

सीताले ३९ रन थपिन्। ३३ बलको सामना गरेकी उनले ५ चौका प्रहार गरिन्। सरिता मगर २१ को स्कोरमा रन आउट भइन्। डेब्यु म्याचमा कविता जोशी ८ रनमा नटआउट रहिन्।  

नेपालले ओपनर काजल श्रेष्ठलाई ३ रनमै गुमाएको थियो। कप्तान रुबिना क्षेत्री शून्यमा रनआउट भइन्। 

कतारका लागि एन्जेलिन मेर र सविजा पनायामले एक एक विकेट लिए। 

इन्दुको अर्धशतक 

इन्दुले टी-२० आइईमा कीर्तिमानी प्रदर्शन गरेकी छन। कतारविरुद्धको खेलमा अर्धशतक प्रहार गर्दै उनले टी–२० आईमा पहिलो अर्धशतक प्रहार गर्दै यो कीर्तिमान बनाएकी हुन्। 

इन्दुले ४५ बलमा ४ चौका मद्दतमा अर्धशतक प्रहार गरेकी थिइन्। यसअघि टी-२० आईमा नेपाली महिला टोलीकी सीता राना मगरले सन् २०१९ मा इन्डोनेसियाविरुद्ध ४८ रन बनाएकी थिइन्। 

कविता र संगीताको डेब्यु

अलराउन्डर कविता जोशीले कतारसँगको टी–२० आई सिरिजबाट राष्ट्रिय क्रिकेट टोलीमा डेब्यु गरेकी छन्। पहिलो पटक राष्ट्रिय टोलीमा परेकी कविताले कतारसँगको सिरिजबाट डेब्यु गरेकी हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad