अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले एसियाली फुटबल महासंघ (एएफसी) का अध्यक्ष सलमान बिन इब्राहिम अल खलिफासँग भेटवार्ता गरेका छन्।
अध्यक्ष शेर्पाले सोमबार बहराइनमा एएफसी अध्यक्ष सलमानसँग भेटवार्ता गरेको एन्फाले जनाएको छ। भेटमा फुटबलका विभिन्न विषयमा छलफल भएको एन्फाले जनाएको छ।
अध्यक्ष शेर्पाले नेपालमा फुटबलको विकासमा निरन्तर सहयोग गरेकोमा एएफसीलाई धन्यवाद दिएका थिए।
अध्यक्ष शेर्पाले सलमानलाई नेपाल भ्रमणको निम्तो समेत दिएका थिए। नेपाल भ्रमण गर्न दिएको निमन्त्रणाप्रति सलमान सकारात्मक भएको एन्फाले जनाएको छ।
भेटमा अध्यक्ष शेर्पाले एएफसीको कार्यकारी समितिको बैठक नेपालमा आयोजना गर्ने प्रस्ताव गरेका थिए। भेटमा अध्यक्ष शेर्पाले सलमानलाई नेपाली टोलीको जर्सी उपहार दिए।
54
Shares

प्रतिक्रिया