आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको फाइनल भिडन्तमा न्युजिल्याण्डले अष्ट्रेलियालाई उपाधिका लागि १ सय ७३ रनको चुनौती दिएको छ।
दुबईस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको छ।
न्युजिल्याण्डका लागि कप्तान केन विलियम्सनले ८५ रनको शानदार अर्धशतकीय इनिङ्स खेले।
यस्तै मार्टिन गुप्टिलले २८ रन जोडे भने फिलिप्सले १८ रन बनाउन सफल भए। डार्यल मिचेलले ११ रन मात्रै बनाए।
जेम्स निशमले अविजित १३ रन बनाउँदा टिम सेइफर्टले अविजित ८ रन जोड्न सफल भए।
अष्ट्रेलियाका जोस हाजलउडले १६ रन दिएर ३ विकेट झारे। एडम जाम्पाको नाममा १ विकेट रह्यो।
81
Shares

प्रतिक्रिया