अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले लामो समयदेखि राजनीतिक प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच तत्काल क्रिकेट श्रृंखला असम्भव रहेको जनाएको छ।
आईसीसीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत ज्योफ अलार्डिसले पाकिस्तान–भारतबीच तत्काल दुईपक्षीय क्रिकेट श्रृङ्खला हुने सम्भव नरहेको बताएका हुन्।
‘हाम्रो कार्यक्रमअन्तर्गत उनीहरुले खेल्दा हामी अवश्य पनि रमाइलो गर्छौँ', उनले भने, 'तर दुई देश र बोर्डबीचको सम्बन्धका कारण आईसीसीले उनीहरुलाई प्रभाव पार्न सकेको छैन।’
पछिल्लो पटक भारतले पाकिस्तानलाई दुई पक्षीय क्रिकेट श्रृङ्खलाका लागि सन् २०१३ मा बोलाएको थियो । त्यसपछि उनीहरुबीच क्रिकेट श्रृङ्खला हुन सकेको छैन।
उनीहरु आईसीसीले आयोजना गर्ने प्रतियोगिताहरूमा एकअर्काविरुद्ध खेलिरहेका छन्।
आईसीसी टी–ट्वान्टी विश्वकपमा भारत र पाकिस्तानबीच खेल भएको थियो। जसमा विश्वकपका १३ खेलपछि पाकिस्तान विजयी भएको थियो ।
पाकिस्तानले भारतलाई कुनै पनि विश्वकपमा यही खेलमा हिलो पटक पराजित गरेको थियो ।
अलार्डीसले दुई पक्षीय क्रिकेटका लागि दुबै बोर्ड सहमत भए मात्रै खेल हुन्छ। यदि सहमत नभएमा खेल सम्भव हुँदैन।
Shares

प्रतिक्रिया