नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्तिमगरले माल्दिभ्सको लिगको आफ्नो डेब्यु खेलमा गोल गरेका छन्।
विमल यसै सिजन धिवेही प्रिमियर लिगका लागि टिसी स्पोर्टस क्लबसँग अनुबन्धित भएका थिए।
बिहिबार राति भएको खेलमा विमलले टिसी स्पोर्ट्स क्लबबाट डब्यू गोल गर्दै टोलिलाई हारबाट जोगाएका छन्।
विमलको गोलको मद्दतमा टिसी स्पोर्ट्स क्लब इगल्ससँग १–१ गोलको बराबरीमा रोकिएको छ। टिसीका लागि खेलको अन्तिम मिनेटमा विमलले बराबरी गोल फर्काएका थिए। खेलका इगलका लागि ८२ औ मिनेटमा अली फासिरले गोल गर्दै अग्रता दिलाएका थिए।
बराबरीको नतिजासंगै टिसी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। टिमले २ खेलबाट ४ अंक जोडेको छ।

प्रतिक्रिया