खेल


बंगलादेशलाई हराउँदै अष्ट्रेलिया शीर्षमा

बंगलादेशलाई हराउँदै अष्ट्रेलिया शीर्षमा

नेपालखबर
असार ६, २०७६ शुक्रबार ३:२,

डेविड वार्नरको १६६ रनको मद्दतमा बंगलादेशमाथि ४८ रनको जित निकाल्दै साविकको विजेता अष्ट्रेलिया क्रिकेट विश्वकपको शीर्ष स्थानमा उक्लिएको छ। 

वार्नरको शतकीय पारीको मद्दतमा अष्ट्रेलियाले दिएको ३८२ रनको लक्ष्य पछ्याएको बंगलादेशले ८ विकेट गुमाएर ३ सय ३३ रन मात्रै बनाउन सक्यो।

बंगलादेशका मुस्फिकर रहिमले १०२ रनको नटआउट पारी खेलेपनि टिमलाई जिताउँन सकेनन्। यस्तै ममुदउल्लाहले ६९, तमिम इकबालले ६२ रन तथा शकिब अल हसनले ४१ रन बनाए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ८१ रन बनाएको थियो। वार्नरले १ सय ४७ बल खेल्दै ५ छक्का र १४ चौकाको मद्दतमा  १ सय ६६ रन बनाए।

यस्तै उस्मान ख्वाजाले ८९, आरोन फिन्चले ५३ रनको अर्धशतकीय इनिङ्स खेले। जितसFगै शीर्ष स्थानमा उक्लिएको अष्ट्रेलियाले ६ खेलबाट ५ जित र १ हारसहित १० अंक जोडेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad