खेल


टी-२० विश्वकप : इङ्ल्याण्डले न्युजिल्याण्डलाई दियो १६७ रनको चुनौती

टी-२० विश्वकप : इङ्ल्याण्डले न्युजिल्याण्डलाई दियो १६७ रनको चुनौती

नेपालखबर
कात्तिक २४, २०७८ बुधबार २१:३७, काठमाडौँ

आइसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको बुधबार राति भइरहेको पहिलो सेमिफाइनल भिडन्तमा इङ्ल्याण्डले न्युजिल्याण्डलाई १६७ रनको चुनौती दिएको छ।

अबुधाबीमा भइरहेको खेलमा न्यूजिल्याण्डले टस जितेर फिल्डिङमा जाने निर्णय गरेपछि ब्याटिङ थालेको इङ्ल्याण्डले पूरै २० ओभर खेल्दै ४ विकेटको क्षतिमा १६६ रन बनाएको हो। 

फाइनलमा पुग्ने पहिलो टोलीका लागि भइरहेको भिडन्तमा इङ्ल्याण्डका लागि मोइन अलीले अर्धशतकीय इनिङ्स खेलेका छन्। उनले ५१ रन जोड्दै टोलीलाई मध्यम स्कोरमा लैजान सहयोग गरे।

डेभिड मलानाले ४१, जोस बटलरले २९, लियाम लिभिङस्टोन १७ रन र जोनी बेयरस्टो १३ रन बनाए। कप्तान इयान मोर्गान ४ रनमा नटआउट रहे।

न्युजिल्याण्डका टिम साउथी, एडम मिल्नी, इश सोढी र जेम्स नासमले व्यक्तिगत १-१ विकेट झार्न सफल भए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad